नक्कली कर्मचारी पक्राउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ असार २०७२, शुक्रबार १०:१५

बुटवल,१८ असार । अख्तियारको नक्कली कर्मचारी बताएर रकम असुलेको आरोपमा एकजनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । अख्तियारको कर्मचारी भन्दै रकम असुल्ने बुटवल १३ देबिनगरका २५ बर्षका अजित गौतमलाई प्रहरीले पक्राउ गरेको हो ।
रुपन्देहीको मोतिपुरस्थित जयप्रकटेश्वर बोडिङ्ग स्कुलमा अख्तियारको कर्मचारी भन्दै रकम असुलेपछि गौतमलाई पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख राजेन्द्र ढकालले जानकारी दिनुभयो ।गौतमले सो बोडिङ्गबाट अख्तियारको कर्मचारी भन्दै १ लाख ६५ हजार रुपैयाँ लिएको प्रहरी प्रमुख ढकालले बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१