नेपालको लगातार तेस्रो हार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ असार २०७२, शुक्रबार १०:१२

nepali-criceterट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको तेस्रो खेलमा पनि नेपाल नेदरल्याण्डसँग १८ रनले पराजित भएको छ। रोटरडयामको हेजेलारवेगमा टस जितेर पहिले ब्याटिङ गर्दै नेदरल्याण्डसले दिएको १५० रनको लक्ष्य पछ्याएको नेपाल विकेट गुमाउँदै १३१ रनमा समेटिएको थियो। नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ३६ रन बनाए। शरद भेसवारक २४प्रदिप ऐरी १८ ज्ञानेन्द्र मल्ल १७  तथा सुबास खकुरेल १४ रन बनाएर आउट भए। नेदरल्याण्डका लागि स्टेफेन मेबर्गले सर्वाधिक नटआउट ७१ रन बनाए। नेपालका लागि करन केसीले २ तथा शक्ति, बसन्त र सागरले १-१ विकेट लिए। यसअघि पनि नेपालले लगातार पहिलो दुई खेल हारिसकेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१