चीनमा गयो शक्तिशाली भूकम्प

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ असार २०७२, शुक्रबार १०:११

शुक्रबार बिहान चीनमा शक्तिशाली भूकम्प गएको छ। चीनको दक्षिण प्रान्तको सिन्जियाङको होतान सहर नजिकै केन्द्रबिन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको युएस जियोलोजिकल सर्भेले जनाएको छ। होतान सहरबाट १ सय ६० किलोमिटर उत्तरपश्चिम केन्द्रबिन्दु भएको भूकम्पको मापन अमेरिकी भूगर्भ संस्था युएसजिएसले ६.१ म्याग्निच्युड र ‘चाइना अर्थक्वेक नेटवर्क सेन्टर’ले भने ६. ५ म्याग्निच्युडको गएको जनाएका छन्। शुक्रबार बिहान नेपाली समय अनुसार ६ बजेर ५२ मिनेटमा भूकम्प धक्का महसुस भएको थियो। भूकम्पले अहिलेसम्म कुनै पनि मानवीय तथा भौतिक क्षति नपुर्‍याए अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१