चर्पीको प्रयोगमा प्रोत्साहन गर्न दलित परिवारलाई सामग्री वितरण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ असार २०७२, बिहीबार १४:०१

harpiइलाम, १७ असार । दलित अधिकार मञ्च बरबोटेले यहाँका दलित परिवारलाई शौचालय प्रयोगमा प्रोत्साहन गर्ने उद्देश्यले शौचालयमा प्रयोग हुने विभिन्न सामग्री वितरण गरेको छ । बरबोटे गाविसको सहयोगमा ५० परिवारलाई शौचालयमा प्रयोग हुने बाल्टी, जग, हरपिक र ब्रस वितरण गरिएको हो । कार्यक्रममा दलित अधिकार मञ्च इलामका अध्यक्ष रुद्र दर्नाल र प्रमुख अतिथि गाविस सचिव सन्तोष श्रेष्ठले ती परिवारलाई सो सामग्री वितरण गरेका हुन् । गाउँ विकास समितिको लक्षित वर्गअन्तर्गतको रकमबाट मञ्चले सो सामग्री वितरण गरेको हो । बरबोटे गाविस खुला दिसामुक्त घोषणा भएकाले शौचालयको प्रयोगमा प्रोत्साहन गर्न सामग्री वितरण गरिएको अध्यक्ष रुद्र दर्नालले बताए । अघिल्लो वर्ष पनि बरबोटेका ९० दलित घरपरिवारलाई सामग्री वितरण गरिएको थियो । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१