जाजरकोट, १७ असार । जिल्ला पशुसेवा कार्यालयले हजारौं पशु चौपायाको उपचार गरेको बताएको छ । जिल्लाका विभिन्न गाविसमा रहेका ३५ हजार बाख्रालाई पिपिआर खोप, रेबिजविरुद्धको भेक्सिन १० हजार पशु चौपायालाई, पाँच हजार पशुलाई भ्यागुत्ते, चरचर्रे रोगविरुद्धको औषधि गरिएको छ । त्यस्तै २५ हजार बाख्रा, भेडालाई आन्तरिक तथा बाह्य परजीवीको उपचार गरिएको जानकारी जिल्ला पशुसेवा कार्यालयका प्रमुख गुरुप्रसाद खकुरेलले दिए । रासस
प्रतिक्रिया