जिमेलको इमेल अनसेण्ड सुबिधा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ असार २०७२, बिहीबार ११:५७

इन्टरनेटको बादशाह गुगलले जिमेलमा पठाइसकेको इमेल फेरि फिर्ता गर्ने नयाँ सुबिधा सार्बजनिक गरेको छ जुन यस प्रकारको सुबिधा प्रदान गर्नेमा पहिलो हो। इमेल पठाउने क्रममा कहिलेकाहीँ पठाउनु पर्ने ब्यक्तिलाई नपठाई गलत ब्यक्तिकोमा इमेल पठाइने गल्ति हुन सक्छ। यस सुबिधा अनुसार यस्तो गल्तिलाई सच्याउन सकिन्छ। अर्थात एक पटक पठाइ सकेको इमेललाई फेरि अनसेण्ड गर्न सकिन्छ। गुगलले मंगलबारदेखि अनडु सेन्ड अप्सन आफ्नो जिमेल सेवामा उपलब्ध रहेको जानकारी गराएको हो। यो सुबिधा जिमेलको सेटिङ अप्सनमा उपलब्ध रहेको छ। गुगलले सन् २००९ देखि नै अनडु सेन्ड फिचरलाई जिमेलको ल्याब्स फिचर अन्तरगत परीक्षणको रुपमा शुरु गरेकोमा हाल आएर यसलाई सबै प्रयोगकर्ताले प्रयोग गर्न सक्नेगरी औपचारिक रुपमा सार्बजनिक गरेको हो।

gmailकसरि गर्ने त प्रयोग?
यो सुबिधालाई प्रयोग गर्न सर्ब प्रथम आफ्नो जिमेल लगइन गर्नुहोस् ।

त्यसपछि दायाँपटि्टको सबैभन्दा माथि रहेको गिएर आइकनमा क्लिक गर्नुहोस् ।

त्यसभित्र विभिन्न अप्सनहरु देख्नुहुनेछ, जसमध्ये सेटिङ मेनुमा जानुहोस् ।

सेटिङ मेनु अन्तरगत रहेको जनरल ट्याबमा जानुहोस। त्यसपछि तलपट्टि विभिन्न अप्सनहरु देख्नुहुनेछ साथै अनडु सेन्ड फिचर पनि।
त्यसप्छि इनेबल अनडु सेन्ड अप्सन अगाडि रहेको कोठामा क्लिक त्यसलाई गरेर सक्रिय पार्नुहोस।

त्यसपछि कति समयमा इमेललाई अनसेन्ड गर्ने भन्ने विकल्प उपलब्ध हुनेछ। १० सेकेण्ड डिफल्टको रुपमा रहेको भएपनि अफूलाई ठिक लाग्ने ५, १०, २० देखि ३० सेकेण्डसम्मको रद्द अवधि रोज्नुहोस।

यो फिचर सुरु गरेपछि अब तपाइँले जब कसैलाई इमेल पठाउनुहुन्छ तब तपाइँले जिमेल विन्डोको माथिपट्टि पहेँलो बाकसमा दिइएको सन्देशमा अन डु अप्सन देख्न सक्नुहुनेछ।

यदि तपाइँले इमेल गल्ती भयो वा पठाउनुपर्ने विषय छुट्यो वा थप्नुपर्यो भन्ने महसुस गर्नुभयो भने अनडु मा क्लिक गर्नुहोस् ।
त्यसपछि इमेल पठाउनुभन्दा अगाडिको अवस्था कम्पोज इमेल बक्स खुल्नेछ।

त्यसपछि तपाइँले आफुले पहिले पठाएको इमेलमा सुधार गरेर कसैलाई पठाउन सक्नुहुनेछ वा सो इमेल रद्ध गर्न पनि सक्नुहुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१