पूर्वाञ्चल विश्वविद्यालयका उच्च अधिकारी अख्तियारद्वारा पक्राउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ जेष्ठ २०७१, बुधबार ०५:३३

काठमाडौं, १४ जेठ  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाञ्चल विश्वविद्यालयका निलम्बित उपकुलपति, रजिष्टारसहित ६ जनालाई पक्रेको छ ।
भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेका उपकुलपति डा महेश्वरमान श्रेष्ठ, रजिष्ट्रार डा निरोज पाण्डे, परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेत, विज्ञान तथा प्रविधि संकायका सह–डिन राजेशकुमार झालाई अख्तियारले पक्रेको हो ।pubbnaya1
त्यस्तै विज्ञान तथा प्रविधि संकालयका डिन शुभनारायण पाठक, व्यवस्थापन संकायका डिन श्यामबहादुर कटुवाललाई पनि पक्राउ गरेर हिरासतमा लिइएको अख्तियार प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिनुभयो ।
पूर्वाञ्चल विश्वविद्यालयका पदाधिकारीबाट भ्रष्टाचार भएको उजुरी परेपछि गरेको अनुसन्धानमा ४ करोड २८ लाख ७० हजार रुपैयाँ हिनामिना भएको देखिएको आयोगले जनाएको छ । भ्रष्टाचारमा संलग्न ७ जनामध्ये कला, शिक्षा र कानुन संकालयका डिन शम्भुप्रसाद कोइराला भने फरार रहेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।
यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिविस बाराका तत्कालिन इन्जिनियर मेघुप्रसाद जयसवाल र उनकी श्रीमती निर्मला जायसवाल विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
बारा जिविसमा कार्यरत रहँदा जयसवालले एक करोड ३० लाख ३४ हजार ८ सय ८७ रुपैयाँ ५५ पैसा गैरकानुनी रुपमा आर्जन गरेको पाइएपछि विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १९, २०८१