भक्तपुरका ३ वटा निजी विद्यालयलाई स्पष्टिकरण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ असार २०७२, बिहीबार ११:२४

schoolकाठमाडौं, १७ असार । एसएलसी परीक्षामा एक जना पनि पास गर्न नसक्ने भक्तपुरका ३ वटा निजी विद्यालयलाई जिल्ला शिक्षा कार्यालयले स्पष्टिकरण सोधेको छ । स्पष्टिकरण सोधिएका विद्यालयहरुमा सिद्धिकाली मावि ठिमी, शहीद स्मृति मावि भक्तपुर र प्रभात मावि ब्यासी रहेका छन् । उनीहरुलाई सुधारका लागि पटक पटक निर्देशन दिदाँ पनि सुधार नभएको भन्दै स्पष्टिकरण सोधेको जिशिअ रमाकान्त शर्माले बताए । उनीहरुलाई स्पष्टिकरण दिन सात दिनको म्याद दिईएको छ । चित्त बुझ्दो स्पष्टिकरण नआए विद्यालयलाई दिईएको अनुमति वा स्विकृति रद्ध गर्ने शर्माले बताए । ती विद्यालयहरु मध्ये प्रभात माविले एसएलसीमा ३ विद्यार्थी सहभागि गराएको थियो । विद्यालयले गत बर्ष पनि शुन्य नतिजा ल्याएको, एउटै भवनमा २ विद्यालय सञ्चालन भएको, शिक्षा ऐनमा तोकिएको संख्यामा विद्यार्थी नभएको लगायतका तथ्यहरु उल्लेख गर्दै कार्यालयले स्पष्टिकरण सोधेको छ । विद्यालय निरीक्षक मोहन कुमार पौडेललाई अनुगमन गरी राय पेश गर्न पनि कार्यालयले निर्देशन दिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, जेष्ठ ९, २०८१