विराटनगर, १७ असार। सीमावर्ती भारतीय क्षेत्रबाट अवैध ढङ्गले ल्याउँदै गरेको अवस्थामा लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको बबियाविर्ता–५ बस्ने २९ वर्षीय रविराज राजवंशी र सोही ठाउँ बस्ने चैतुकुमार राजवंशीलाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विराटनगर–२१ स्थित ढाटमा क्षेत्रीय ब्युरो र लागुऔषध ब्युरो विराटनगरको संयुक्त टोलीले उनीहरुको साथबाट टोरेक्स १००, लिड चक्ककी ३००, एजिकेम ६००, निमेलिड फेन २५०, इकोपरिन चक्की ४००, अफ–लोकेम ९००, पेन्टाँब– डि ८००, रिएक्सन ६०० र पामाओल्ड २५० चक्की बरामद गरेको हो ।
प्रतिक्रिया