सदस्य सचिव नियुक्तिमा कुनै आर्थिक चलखेल भएको छैंन : खेलकुदमन्त्री

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ असार २०७२, बुधबार १५:२९

भक्तपुर, १६ असार । युवा तथा खेलकुद मन्त्री पुरूषोत्तम पौडेलले राष्ट्रिय खेलदकुद परिषदको सदस्य सचिव नियुक्तिमा कुनै आर्थिक चलखेल नभएको बताएका छन् । रफत सञ्चार क्लवद्वारा बुधबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा खेल क्षेत्रको विकासलाई मध्यनजर गर्दै खेलकुद ऐन अनुसार सदस्य सचिवको नियुक्ति गरिएको भन्दै उनले भने, ‘चलखेलको आरोप निराधार हो ।’
उनले भने, ‘आगामी बजेट खेल मैत्री बन्ने र यसले नेपाली खेलाडीको जीवन रुपान्तरणमा सहयोगी भूमिका निर्वाह गर्ने छ ।’ खेलाडी र खेल क्षेत्रको विकासकालागि विभिन्न खालका उत्साहमूलक प्याकेज ल्याउने भन्दै उनले नेपालको खेल क्षेत्र बुझेका सबैलाई समेटेर खेल विकासमा लाग्ने बताए ।

purआफूलाई राखेप सदस्य सचिव नियुक्ति गर्ने अधिकार भएको भन्दै उनले यो नियुक्तिसँगै फेरी राजनीतिक दलहरुमा खेल प्रतिको मोह देखिएको बताए । सदस्य सचिव नियुक्तिसँगै देखिएको तरगंले खेल क्षेत्रमा सकारात्मक परिवर्तन देखिने उनको टिप्पणी थियो । आफूले पदको कुनै दुरूपयोग नगरेको भन्दै उनले भने, ‘सदस्य सचिवका सवालमा पार्टीले सोधपुछ मात्र गरेको हो र मन्त्रीबाट फिर्ता बोलाएको भन्ने भनाईहरु हल्लामात्र हो र नियुक्तिका विषयमा पार्टीभित्र सबै तथ्य जानकारी पाएपछि वातावरण शान्त रहेको छ ।’ उनले भने, ‘नेपाली खेल क्षेत्रमा खेलाडीहरुको संख्या १५ लाख भन्दामाथि रहेको र यसलाई व्यवस्था र खेल क्षेत्रमै जीवन निर्वाह गर्न सक्ने अवस्था श्रृजना गर्न लागेका छौ ।’ नेपालमा विभिन्न खालका खेललाई प्राथामिकता दिँदै उपत्यकालगायत विभिन्न स्थानमा खेल मैदानहरु निमार्ण हुन थालेको जानकारी गराए । उनले भने, ‘नेपालका खेलाडीहरुको विमालगाएता सुविधाहरु बढाउँदै खेल क्षेत्रमा आकर्षण गर्ने यौजना समेत रहेको छ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१