एजेन्सी । युरोजोनका मन्त्रीहरुले ग्रीसको प्रस्ताव अस्विकार गरेपछि युरोजोन मुलुकको सुचीमा रहेको ग्रीस अब बाहिरिने पक्का भएको छ । अन्तर्राष्ट्रिय मुद्राकोषको ऋण चुक्ता गर्न नसेकेपछि ग्रीसका प्रधानमन्त्री एलेक्सिस सिप्रसले नयाँ प्रस्ताव पेश गर्नु भएको थियो । केहि थप समय उपलब्ध गराउने प्रधानमन्त्री एलेक्सिसको प्रस्ताव युरोजोन मुलुकका नेताहरुले अव्यबहारिक भएको भन्दै अस्विकार गरेका थिए । युरोजोनका नेताले ग्रीसको प्रस्ताव अस्विकार गरेपछि प्रधानमन्त्री सिप्रसले अन्य युरोपियन मुलुकलाई सो विषयमा जनमत संग्रह गर्न आह्वान गर्नुभएको थियो । ३० जुनसम्म ऋण चुक्ता गर्ने समयसिमा पाएको ग्रीसले गत सोमबारदेखि सबै बैंकिङ कारोवार बन्द गरिसकेको छ । ग्रीसको संकटसगै अन्तर्राष्ट्रिय मुद्राकोषको ऋण चुक्ता गर्न नसक्ने पहिलो युरोपेली मुलुक बनेको छ ।
प्रतिक्रिया