अमेरिका महिला बिश्वकप फुटबल प्रतियोगिताको फाइनलमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ असार २०७२, बुधबार १०:२७

mahilaजर्मनीलाई हराउँदै अमेरिका महिला बिश्वकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । क्यानाडामा जारी प्रतियोगिताअन्तर्गत बुधबार बिहान भएको पहिलो सेमिफाइनलमा अमेरिकाले जर्मनीलाई २(० ले हरायो । खेलमा अमेरिकालाई विजयी गराउन कार्ली लोएड र केली ओहाराले एक एक गोल गरे । जितसँगै साविक उपविजेता अमेरिका महिला विश्वकप फुटबलको तेस्रो उपाधि नजिक पुगेको छ । अमेरिका र जर्मनी दुबै टोलीले यसअघि २÷२ पटक महिला विश्वकपको उपाधि जितेका छन् । अमेरिकाले अब उपाधिका लागि बिहिबार बिहान हुने साबिक बिजेता जापान र इङ्ल्यान्डबीचको दोस्रो सेमिफाइनल विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१