सिन्धुपाल्चोक, १६ असार । काठमाडौंबाट सिन्धुपाल्चोकको कात्तिके जाँदै गरेको यात्रुवाहक बसमा करेन्ट लागेर चार जनाको मृत्यु भएको छ । हाइटेन्सन लाइनको तारले छुंदा बसमा सवार दूई महिला र दुई पुरुषको मृत्यु भएको हाम्रा सहकर्मीले जनाएका छन् । प्रहरीका अनुसार सिन्धुपाल्चोक बतासे ३ का ७० बर्षिय बाँते भुजेल, पाङताङ ८ का ४५ बर्षिय सर्केनी तामाङ र गोल्चे ४ का ४० बर्षिय रेखबहादुर स्याङबो र गुम्दाका ३० बर्षीय विकास तामाङको मृत्यु भएको हो । बसमै सवार १४ जना घाइतेको प्राथमिक स्वास्थ्य चौकी जलविरेमा उपचार भईरहेको छ । घाइते मध्ये ३ जनाको अवस्था गम्भिर छ ।
प्रतिक्रिया