मैला व्यावस्थापन सम्बन्धी एकदिने अभिुमखी करण कार्यक्रम सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ असार २०७२, मंगलवार १५:२७

एस.पी.गौरब, १५ असार । सर्लाहीको लालबन्दीमा मंगलबार फोहोर मैला व्यावस्थापन सम्बन्धी एकदिने अभिुमखी करण कार्यक्रम सम्पन्न भएको छ । लालबन्दी नगरपालीकाको सहयोग तथा गाउँ टोल सूधार विकास समिती लालबन्दीको आयोजनामा लालबन्दी नगरपालीकाको सभाहलमा कार्यक्रमको सम्पन्न हो । गाउँ टोल सुधार विकास समिति लालबन्दीका अध्यक्ष लक्ष्मीे प्रधान गोलेको अध्यक्षतामा सुरु भएको कार्यक्रमको लालबन्दी नगरपालीकाका कार्यकारी अधिकृत प्रकास अधिकारीले प्रमुख अतिथ्यता जनाउनु भएको थियो । भने लालबन्दी नगरपालीका अन्र्तगत पर्ने विभिन्न पार्टी प्रमुख तथा प्रतिनिधीहरु,उद्योग वाणिज्य संघ लालबन्दी तथा अन्य विभिन्न संघ तथा संस्थाहरुका प्रमुख तथा प्रतिनिधीहरुले अतिथ्यता जनाउनु भएको थियो । प्रसान्त आर्चाय तथा निरासा पाण्डेले सहजीकरण गर्नु भएको कार्यक्रममा फोहोर मैला कसरी व्यावस्थावन गर्न सकिन्छ ? त्यसबाट हामीलाई के फाईदा हून्छ ? लगायतका सवालहरुमा छलफल गरिउको हो ।

कार्यक्रममा विभिन्न क्षेत्रका गरि करिब ५० जनाको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले आफ्नो घर गाउँ आफैँले सरसफाई गर्नु पर्ने घर तथा वजारको व्यावस्थापन तथा सफा सुन्दर लालबन्दी वनाउन सबैको महत्वपुर्ण भुमिका रहेको वक्ताहरुको भनाई छ । कार्यक्रममा बोल्दै लालबन्दी नगरपालीकाका कार्यकारी अधिकृत अधिकारीले भाषणले मात्र आफुलाई विश्वास नहुने भएकोले व्यावहारत लागु गर्न आग्रह गर्नु भयो ।उहाँले आफुले निकट केही दिनमै सबैको घर घरमा अनुगमन गर्ने र बोली अनुसार काम नभए आफुले गरेको सहयोग खेर गएको आफुलाई महसुस हुने बताउनु भयो । भरखरै जन्मिएको बच्चा लालबन्दी नगरपालीकालाई कसरी हुर्काउने भन्ने यहाँका महिलाको हातमा निर्भर रहेको कार्यक्रमका सहजकर्ता आचार्यले बताउनु भयो । त्यस्तै मंगलबार नै ईलाका प्रहरी कार्यलय लालबन्दी र अन्र्तपार्टी महिला सञ्जालको संयुक्त पहलमा लालबन्दी नगरपालीकाको डुमडुमेमा रहेको मन्दिर परिसरको सरसफाई गरिएको छ । सरसफाई कार्यक्रममा ईलाका प्रहरी कार्यलय लालबन्दी र अन्र्तपार्टी महिला सञ्जालका गरि करिब २० जनाको सहभागीता रहेको ईलाका प्रहरी कार्यलय लालबन्दीका प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिनु भयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१