एस.पी.गौरब, १५ असार । सर्लाहीको लालबन्दीमा नगरस्तरीय शान्ति समिती गठन गरिएको छ । लालबन्दी नगरपालीकाको सभाहलमा स्थानीय शान्ति समितीका संयोजक दिनेश राय यादवको संयोजकत्वमा सम्पन्न कार्यक्रममा लालबन्दी नगरपालीकाका कार्यकारी अधिकृत प्रकास अधिकारी, जिल्ला प्रशासन कार्यालय सर्लाहीका नायव सुब्बा बिष्णु प्रसाद भट्टराई नगर भित्रका विभिन्न राजनैतीक दलका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । नगरपालीकाको सभाहलमा आज भएको कार्यक्रमले नव गठित शान्ति समितीमा हरि गोलेको संयोजकत्वमा १३ सदस्यीय नगर स्तरिय शान्ति समितीको गठन गरिएको छ । जसमा क्रमस ःरामजी चौधरी ,सम्झना दिङ्गदोङ,जयकुमार चौधरी,सन्तवीर माझी,मधुमालती गुर्मछान, रमा दाहाल, प्रकास श्रेष्ठ,दिल कुमारी लामा ,मनोज बख्रेल,मिना देवकोटा,सोमबहादुर लामा र सदस्य सचिवमा लालबन्दी नगरपालीकाका कार्यकारी अधिकृत प्रकास अधिकारी रहनु भएको छ ।
प्रतिक्रिया