रेलभित्रै आगो लगाएर आत्महत्या

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ असार २०७२, मंगलवार १५:०४

rallजापानमा गुडिरहेको एक बुलेट रेलभित्र एकजना यात्रुले आफैंमाथि आगो लगाएर आत्महत्या गरेका छन् । कासिन्कान्सेन बुलेट रेलभित्र एकजना यात्रुले आफैंमाथि आगो लगाउँदा उनीसँगै रहेकी अर्की महिलाको समेत मृत्यु भएको छ । ती व्यक्तिले पेट्रोल छर्केर आफैंमाथि आगो लगाएका थिए । घटनामा कम्तिमा ६ जना घाइते भएका छन् । राजधानी टोकियोबाट ओसाका जाँदै गएको रेलमा एक हजार यात्रु चढेका थिए । अधिकारीहरुले ती व्यक्तिले आफैंमाथि किन आगो लगाए भन्नेबारे अनुसन्धान भइरहेको जनाएका छन् ।
जापानको बुलेट रेल विश्व मै सबैभन्दा सुरक्षित मानिन्छ । यसको ५० वर्षे इतिहासमा रेलसँग जोडिएर कुनै पनि दुर्घटना भएको छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १५, २०८१