चिली फाइनलमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ असार २०७२, मंगलवार १५:०३

chillआयोजक चिली, कोपा अमेरिका कप फुटवलको फाइनलमा प्रवेश गरेको छ । स्यान्टियागोमा आज बिहान भएको पहिलो सेमिफाइनलमा पेरुलाई २ –१ गोल अन्तरले हराउदै चिली प्रतियोगिताको निर्णायक प्रतिस्पर्धामा पुग्न सफल भयो । इडवार्डो भार्गसको २ गोलबाट चिलीले २८ वर्षपछि प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको हो । उनले ४२ औ र ६४ औ मिनेटमा गोल गरेका थिए । चिलीका गेरी मेडेले ६० औ मिनेटमा आत्मघाती गोल गरेका थिए । पहिलो हाफमा कार्लोस जाम्ब्रानो रातो कार्ड खाएर बाहिरिएपछी पेरुको टोली १० खेलाडीमा सिमीत भएको थियो । चिलीले शनिबार हुने फाइनलमा अर्जेन्टिना र पाराग्वेबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । चिलीले ९९ वर्षयता कोपा अमेरिका कपको उपाधि जित्न सकेको छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१