एमबिबिएस पढ्न ३५ लाख

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ असार २०७२, मंगलवार १४:४८

mbbsकाठमाडौं, १५ असार । चिकित्सा शिक्षामा देखिएको बेथितीको नियमन गर्न सरकारले बनाएको उच्च स्तरीय कार्यदलले डाक्टर (एमबिबिएस) पढ्न ३५ लाख रुपैयाँ शुल्क निर्धारण गर्न सरकारलाई सिफारिस गरेको छ । प्रधानमन्त्री शुसिल कोइरालालाई बुझाइएको ‘चिकित्सा शिक्षा सम्बन्धि राष्ट्रिय नीति तर्जुमा उच्च स्तरीय कार्यदलको प्रतिवेदन’ मा उक्त शुल्क सिफारिश गरिएको श्रोतले जनाएको छ । चिकित्सा शिक्षाका नाममा मनलाग्दि शुल्क लिने लगायतका समस्याको अध्ययन गरी प्रतिवेदन पेश गर्न सरकारले त्रिभुवन विश्व विद्यालयका पूर्व उपकूलपति केदारभक्त माथेमाको संयोजकत्वमा कार्यदल बनाएको थियो । करिब ५ बर्ष अघि शिक्षा मन्त्रालयले बनाएको शुल्क अध्ययन समितीले गरेको सिफारिसमा एमबिबिएस अध्ययनका लागि सवा ३१ लाख रुपैयाँ शुल्क तय गर्न शिफारिश गरे पनि लागु हुन सकेको छैन । निजी मेडिकल कलेजहरुले एमबिबिएसको शुल्क ४५ लाख रुपैयाँसम्म लिएर विद्यार्थी भर्ना गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, जेष्ठ ९, २०८१