रत्नपार्कभित्र अब फ्रि वाई फाई

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ असार २०७२, मंगलवार १२:२६

काठमाडौं, १५ असार । एक वर्ष अघि गएको वैशाख १ गतेदेखि बन्द भएको रत्नपार्क मंगलबारदेखि खुलेको छ । मर्मत गरिएको र नयाँ स्वरुप दिइएको रत्नपार्कको उपप्रधानमन्त्री प्रकाशमान सिंहले बिहान उद्घाटन गर्नुभयो । सुन्दर र रमणीय रत्नपार्क हेर्न जानेले अब २५ रुपैयाँको टिकट काट्नु पर्छ । तर बुढाबुढी र अपांगत भएकाका लागि भने पार्क भित्र पस्न कुनै शुल्क लाग्दैन । काठमाडौं महानगरपालिकाका प्रमुख रुद्रसिंह तामाङका अनुसार विद्यार्थीले परिचय पत्र देखाए १० रुपैयाँ छुट दिइने छ ।

wifi यस्तै रत्नपार्क प्रवेश गरेकालाई अल्छि नलागोस् भन्नका लागि महानगरपालिकाले फ्रि वाइफाइको पनि व्यवस्था गर्न लागेको छ । पार्क भित्र केटाकेटीका लागि छुट्टै उद्यम खोलिएको छ । जहाँ उनीहरु खुलेर खेल्न र रमाउन पाउनेछन् । रत्नपार्क प्रवेशका लागि आउँदो कात्र्तिकसम्म बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म र कात्र्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म खुला गरिनेछ । महानगरपालिकाका अनुसार ७५ देखि ८० लाख रुपैयाँ लागतमा रत्नपार्कको स्वरुप फेरिएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१