योगा गर्न सर्वाङ्गै हुनुपर्ने देश !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ असार २०७२, मंगलवार ११:४२

पूर्वीय दर्शनमा आधारित योगामा आजकल पश्चिमाहरुका निकै आर्कषण बढिरहेको छ । तर, पश्चिमाहरुले योगालाई आफ्नोपनमा ढाल्दै नयाँ प्रयोगहरु पनि गरिरहेका छन् । अमेरिकाको न्यूयोर्कमा यस्तै नयाँ शैलीको योगा सुरु भएको छ जसमा सहभागी सर्वाङ्गै भएर कक्षा कोठामा छिर्नुपर्छ । महिला र पुरुष सँगै योगा गर्नुपर्छ । तपाईंलाई पहिलो दिनमै कपडा खोल्न लाज लाग्यो, आधाउधी लगाएर योगा गर्छु भन्न पाउनुहुन्न । कपडासँगै तपाईमा निहीत सवै लाज उतारेर कक्षामा सहभागी हुनुपर्छ । ‘बोल्ड एण्ड नेकेड’ स्टुडियोले यो नयाँ शैलीको योगा सुरु गरेको हो । बेलायति पत्रिका डेली मेलका अनुसार चेल्सीमा यो स्टुडियोले आफ्नो नयाँ कक्षा सुरु गर्दैछ ।
yogaयो कक्षामा महिला र पुरुष दुबै सहभागी हुन्छन् र उनीहरुको पूर्ण रुपमा नग्न हुन्छन् । उनीहरुलाई योगा सिकाउने व्यक्ति पनि नाङ्गै हुन्छन् । सहभागी हरेकलाई छुट्टा-छुट्टै म्याट दिइन्छ, जसमा बसेर विभिन्न आसनको योगा गरिन्छ । ‘समान्य योगामा सहभागीहरुलाई छुट्टाउने धेरै चिजहरु हुन्छन् । जस्तै कुन ब्राण्डको लुगा लगाएका छौं । त्यसले हामीलाई कस्तो देखिएको छ’ नग्न योगामा सहभागी मध्येका एक भिनासा क्यानेडीले भन्छन-तर, जब हामी नाङ्गो हुन्छौं । सबै समान हुन्छौं ।’ स्टुडियोको वेबसाइटमा नग्न योगा कक्षामा सहभागी हुँदा शरीरबाट नकारात्मक भावना हराउने दावी गरिएको छ । को-इड फम्र्याटको योगा कक्षाका लागि २५ डलर शुल्क राखिएको छ । यस्तो नग्न योगा अभ्यास हेर्न र तस्वीर खिच्न मनाही गरिएको छ । योगामा सहभागीहरुले शिक्षकको आदेशअनुसार एक अर्कालाई छुन र स्पर्श गर्न पाउने भए पनि त्यस्तो स्पर्श यौनजन्य नहुने योगा स्टुडियोको दावी छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१