बास्तबमै थिए ‘अबतार’ मा उड्ने पंक्षि

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ असार २०७२, मंगलवार ११:१९

avatar-bird-620x330हलिवुडको प्रसिद्ध फिल्म ‘अवतार’ मा देखाइएको बिशाल पंक्षिसंग मिल्दो जुल्दो पक्षि करोडौं बर्ष पहिले पृथ्विमा भएको वैज्ञानिहरुले पत्ता लगाएका छन्।

पृथ्वीमा करीब १२ करोड बर्ष पहिले यस्तै खाले पक्षि पृथ्विमा भएको कुरा चीनमा भेटिएको जीवाशेषले प्रमाणित गरेको छ।

प्राअप्त जिबाशेष सन् २००९ मा प्रदर्शन्मा आएको फिल्म फिल्म अवतारको पात्रसंग मिल्दा जुल्दा छन्।

यी चराहरुलाई इकरांड्राको अवतार वा इकरान ड्रैगनको नामले पनि चिनिन्छ।

ब्राजीलको रियो दे जेनेरोको केंद्रीय यूनिवर्सिटीको म्यूजियमका रिसर्चर अलेक्जेंडर केलनरका अनुसार यी जीवहरुको पखेटाको लम्बाई झण्डै २।५ मीटर सम्म थियो। डायनासोर जस्तै यिनिहरुको टौकोमा कुनै प्रकारको कल्कि(सुर) थिएन र यिनिहरुको दाँत छोटा हुन्थे।

चाइनीज अकेडमी अफ साइंसका रिसर्चर शियाओलिन वांगका अनुसार यिनिहरुको टाउकोको बनावट ठिक त्यस्तै थियो जस्तो अवतार फिल्ममा देखाइएको पक्षिको थियो।

इकरांड्राको अवतार समुद्रमाथि कम ऊंचाईमा उड्थे र घाटि झुकाएर शिकार गर्थे।

यो रिपाेर्ट साइंटिफिक रिपोर्ट्स पत्रिकामा छापिएको छ।

प्रतिक्रिया