नेपाली क्रिकेट टोली चौंथो अभ्यास खेलमा विजयी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ असार २०७२, मंगलवार १०:३५

ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौट प्रतियोगिताको तयारीका लागि बेलायत भ्रमणमा रहेको नेपाली क्रिकेट टोली चौंथो अभ्यास खेलमा विजयी भएको छ । नेपालले सोमबार राति भएको चौंथो अभ्यास खेलमा इंग्लिस क्लब बाथ सिसीलाई ६ विकेटले पराजित गरेको हो ।
nepali-criceterबाथ सिसीले प्रस्तुत गरेको १ सय ५७ रनको लक्ष्य नेपालले १७ दशमलव २ ओभरमा चार विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि विनोद भण्डारीले ६९ रनको योगदान दिए । यस अघि पहिले ब्याटिङ गरेको बाथ सिसीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो । यसअघि समोबार बेलुका सकिएको खेलमा नेपाली टोली इंग्लिस क्लब ग्लोचेन्सटसायरसँग ४ विकेटले पराजित भएको थियो । नेपालले चार अभ्यास खेलमा दुईमा जित र दुईमा हार व्यहोरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१