शरद रेग्मी
तुलसीपुर, १४ असार । समुदायमा हुने हरेक काम काजलाई पारदर्शी र समुन्नत समाज निर्माणमा सहयोग पु–याउने उद्धेश्यले सोमवार एक कार्यक्रमका विच तुलसीपुरमा सामुदायीक प्रहरी सेवा केन्द्रको स्थापना गरिएको छ । केन्द्रले जनता र प्रहरी विच समन्वयको भुमिका खेल्दै घरेलु, वाल, यौन हिम्सा नियन्त्रण तथा आपसी मेलमिलाप को कामलाई प्राथमिकता दिदै अगाडि वढ्ने छ । स्थानिय क्रियाशिल महिला पत्रकार नारायणी रजौरेको अध्यक्षतामा १३ कार्यसमिति समेत भेलाले सर्वसम्वत रुपमा चयन गरेको छ । त्यस्तै नव गठित कार्यसमितिको उपाध्यक्षमा वसन्त कुमार खड्की , सचिवमा पत्रकार शरद रेग्मी , कोषाध्यक्षमा प्रितम कुमार श्रेष्ठ, सहसचिवमा मिनराज भण्डारीलाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा पत्रकार सुरेश श्रेष्ठ , वालाराम खड्का , सुधासुमन ढकाल, मनोज लामिछाने ,सावित्रा आचार्य, यमुना परियार , चिरन्जीवी रिजाल र द्रोण के.सी. रहेका छन् । त्यस्तै सेवाको सल्लाहकारमा हिमाल वस्नेत , टिकाराम रेग्मी, सुरेश हमाल , नवराज लामिछाने , प्रवीण लम्साल, खुशल आले र लिला पुनलाई चयन गरिएको नवनिर्वाचित सचिव शरद रेग्मीले जानकारी दिनु भयो ।
नागरिक समाज दाङका संयोजक टिकाराम रेग्मीको अध्यक्षता एवं प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलको प्रमुख आतिथ्यता र अञ्चल प्रहरी कार्यालय राप्तीका प्रमुख रमेश कुमार पाण्डेको विशिष्ठ आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजाल , दाङ जिल्ला प्रहरी प्रमुख कुबेर सिंह कडायत लगायतले सामुदायीक प्रहरीले जनताको चाहना अनुसार जनचेता मुलक र समाजमा हुने काममा हातेमालो गर्दै अगाडी वढ्न सुझाव दिनु भएको छ । त्यस्तै कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता भरत भण्डारी , महिला संजालकी लिला पुन, दाङ जिल्ला टे«क्टर व्यवसायी समितिका अध्यक्ष चिन्तामणि आचार्य , पत्रकार गोपाल शर्मा भटृराई लगायतले वोल्नु भएको थियो । अंचल प्रहरी कार्यालयका डिएसपी कृष्ण प्रसाद शर्माको विषय प्रवेश र स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रमको संचालन इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी चक्रराज जोशीले गर्नु भएको थियो ।
यता तुलसीपुर उद्योग वाणिज्य संघले दाङ जिल्ला प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेल , दाङ जिल्ला प्रहरी प्रमुख कुबेर सिंह कडायत र इलाका प्रहरी कार्यालय प्रहरी निरिक्षक हेम वहादुर शाहीलाई एक कार्यक्रमका विच स्वागत एवं सम्मान गरेको छ । संघका अध्यक्ष विमल रिजाल र निवर्तमान अध्यक्ष हिमाल वस्नेतले प्रमुख जिल्ला अधिकारी पौडेल दाङ आएको एक सय दिन पुगेको अवसरमा आज सोमवार आफ्नै कार्यकक्षमा सम्मान गरेको छ । उहांहरु जिल्लामा सरुवा भएर आए लगत्तै देशमा महाभुकम्पले जनजीवन अस्त व्यस्त भएको र अहिले केही हद सम्म प्राकृतिक सुरक्षाको अनुभूति भए लगत्तै कार्यालय प्रमुखहरुलाई स्वागत एवं सम्मान गरिएको संघका अध्यक्ष विमल रिजालले जानकारी दिनु भयो ।
प्रतिक्रिया