पाकिस्तानमा गर्मीका कारण ४ सय ५० को मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ असार २०७२, सोमबार १३:०४

पाकिस्तानमा गर्मीका कारण ज्यान गुमाउनेको संख्या बढेपछि लु नियन्त्रणका लागि आपतकालीन अवस्था घोषणा गरिएको छ । सिन्ध प्रान्तमा लु लागेर ४ सय ५० भन्दा बढीले ज्यान गुमाएपछि प्रधानमन्त्री नवाज सरिफले तत्काल आपतकालीन अवस्था घोषणा गर्दै नागरिकको ज्यान जोगाउन आवश्यक कदम चाल्न निर्देशन दिनुभएको बिबिसीले जनाएको छ ।
garmiराष्ट्रिय विपत व्यवस्थापन प्राधिकरणले लु बाट नागरिकलाई बचाउन पहली कदम पनि थालिसकेको छ । लुका बिरामीको उपचार केन्द्रमा सहयोगका लागि आर्मी पनि परिचालन गरिएको छ । ज्यान गुमाउनेमा निम्न आय भएका र बृद्धवृद्धा धेरै छन् । त्यहाँको तापक्र बढेर ४५ डिग्री फरेनहाइटसम्म पुगेको छ । रमदानको महिना भएकाले पानी समेत नखाएर व्रत बस्नेहरु गर्मीबाट बढी प्रभावित भएका छन् । लु का सयौँ बिरामीको सरकारी अस्पतालमा उपचार भैरहेको स्थानय अधिकारीले बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१