महिलालाई अश्लील व्यवहार गरेको भन्दै युवकमाथि मुद्दा दायर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ जेष्ठ २०७१, मंगलवार ०७:१९

वीरगञ्ज, १३  जेठ  ।  प्रहरीले सार्वजनिक स्थलमा महिला र युवतीसँग अश्लील व्यवहार गर्ने एक युवक विरुद्ध सार्वजनिक मुद्दा चलाएको छ ।2012-07-09-1341821400
पर्साको बैरियाबिर्ता गाविस वडा नम्बर ६ स्थायी घर भइ हाल वीरगन्जमा डेरा गरी बस्दै आएका २१ वर्षिय अल्ताफ आलम बिरुद्ध मुद्दा चलाएको हो ।
पीडित महिलाले दिएको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले आलमलाइ पक्रेर मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । आलमले मर्निङवाकमा निस्किएका महिला र युवतीलाई पिछा गर्ने, जिस्काउने जस्ता अश्लील व्यवहार गरेपछि पीडित महिलाहरुले जिल्ला प्रहरी कार्यालयमा आलम विरुद्ध उजुरी दिएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१