अमेरिका, १४ असार । धाबक तथा पर्वतारोही संजय पण्डित उतर अमेरिकाको ६१६२ मीटर अग्लो हिमालको आरोहणको सिलसिलामा ३ न. आधारशिबिर ४ मा जाने क्रममा चिप्लिएर करिब सय मीटर तल हिम खाडलमा परि सख्त घाइते भएका छन् । उनि संगै गएका जापानिज तथा अमेरिकन समूहले तत्काल उद्धार गरि क्याम्प १ मा लिएर हेलिकप्टरको माध्यमबाट तल्केनेतामा लिएर उपचार गरिदै छ । उनको दाहिने खुट्टामा चोट लागेको छ । उनि अहिले तल्केनेतामा आराम गरि बसिरएका छन् । उनको अब आरोंहण अनिस्चित बनेको छ । तरपनि उनले यो अहारोहणमा सहयोग गर्ने एन.आर.एन. अमेरिका ,नेपाली जनसम्पर्क मन्च अमेरिका ,रिज्वूद समाज अमेरिका लगाएतलाई सम्जदै आभार व्यक्त गर्दै उनीहरु अंकित लोगो आफु घाइते भएको ठाउबाट करिब ५,१०० मीटरमा फरफराइदिएका छन् ।
प्रतिक्रिया