प्राविधिक एसएलसी परीक्षाको नतिजा सार्बजनिक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ असार २०७२, आईतवार १७:३५

काठमाडौं, १३ असार । परीक्षा नियन्त्रण कार्यालयले प्राविधिक धारबाट एसएलसी दिएका विद्यार्थीको नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार ए प्लस ग्रेड पाउने विद्यार्थीको संख्या २ सय १५, ए ग्रेडमा ७ सय ७९ वी ग्रेड पाउने २ हजार १ सय ३१ सी ग्रेडमा १ सय २४ र डी मा १ जना रहेका छन् । २ जनाको परीक्षा स्थगित भएको छ भने ४ जनाको रद्ध भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । सी ग्रेड वा सो भन्दा तलको ग्रेड चित्त नबुझ्ने विद्यार्थीले पुनः परीक्षा दिन पाउने कार्यालयले जनाएको छ । उनीहरुको परीक्षा पनि साउन २० गतेबाटै हुने छ । ‘ए’ ग्रेडमा ५१७ छात्र र छात्रा २६२ छात्रा छन् । ‘बी’ ग्रेडमा १ हजार २५२ छात्र र ८७९ छात्रा तथा ‘सी’ ग्रेडमा ८८ छात्र र ३६ छात्रा परेको परीक्षा नियन्त्रक द्वारेले जानकारी दिए । ‘डी’ ग्रेडमा १ जना छात्र परेका छन् ।
slx९० देखि १०० प्रतिशतसम्म ल्याउनेलाई ‘ए प्लस’, ८९ देखि ८० प्रतिशत ल्याउनेलाई ‘ए’, ७९ देखि ६० प्रतिशत ल्याउनेलाई ‘बी’ र ५९ देखि ४० प्रतिशत ल्याउनेलाई ‘सी’ ग्रेडमा राखिएको छ । यस्तै ३९ देखि २५ प्रतिशतसम्म अंक ल्याउनेलाई ‘डी’ र २५ भन्दा कम ल्याउनेलाई ‘ई’ ग्रेडमा राखिएको छ । ‘सी’ वा ‘डी’ ग्रेडमा परेकाहरुले चाहेमा आगामी साउन २० गतेबाट सञ्चालन हुने पूरक परीक्षामा सहभागी हुनसक्ने छन् । ९० देखि १०० अंक ल्याउने ए प्लस, ८० देखि ९० अंक ल्याउनेको ए, ६०–७९ ल्याउनेको बी, ४०–५९ ल्याउनेको सी, २५–३९ अंक ल्याउने विद्यार्थीको डी र २४ भन्दा कम अंक ल्याउनेको ई समूह हुने ब्यवस्था छ । नतिजा परीक्षा नियन्त्रण कार्यालयको वेभसाईट www.soce.gov.np मा राखिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, जेष्ठ ९, २०८१