अबको खेलकुद मन्त्री को ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ असार २०७२, आईतवार १६:०९

काठमाडौं, १३ असार । नेकपा एमालेले खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई फिर्ता बोलाएको छ । मन्त्री स्तरीय निर्णय गर्दै विवादास्पद व्यक्ति केशव विष्टलाई राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव नियुक्त गरेका कारण एमालेले मन्त्री पौडेललाई फिर्ता बोलाएको हो । एसियाली खेलकुदमा भाग लिन गएका खेलाडी भगाएको आरोपमा १ वर्षको प्रतिवन्धमा परेका विष्टलाई मन्त्री पौडेलले गत बिहीबार सदस्य सचिव नियुक्त गर्नुभएको थियो । त्यसको २ दिनपछि एमालेले पौडेलसँग विष्टलाई सदस्य सचिव नियुक्त गरेको बारेमा स्पष्टिकरण सोधेको थियो । एमालेले विष्टलाई सदस्य सचिव बनाउनुको उचित कारण दिन वा राजिनामा गर्न भनेको थियो । पौडेलले उचित कारण दिन नसकेपछि पार्टीले उहाँलाई राजिनामा गर्न लगाएको हो ।
f21f2eaed647394d26efc28648e1ab60_Lपार्टीको दवावमा पौडेलले प्रधानमन्त्री सुशील कोइरालासमक्ष राजिनामा गरिसक्नु भएको छ । पार्टीको निर्देशनपछि पौडेलले राजीनामाका लागि केही दिनको समय मागेका थिए । पौडेललाई एमालेले फिर्ता बोलाएपछि दिपक कार्की र सोमनाथ अधिकारी प्यासीमध्ये एकजनालाई मन्त्री बनाउने एमालेले तयारी थालेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निकट श्रोतका अनुसार कार्की र प्यासीमध्ये एकजनालाई मन्त्री बनाउने तय भएपनि कसलाई बनाउने भन्ने टुंगो लागिसकेको छैन । यसबारेमा अध्यक्ष अ‍ोलीले केही निकट नेताहरुसंग छलफल गरिरहनुभएको छ । नयाँ मन्त्रीले आजै सपथ ग्रहण गर्ने तयारी छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१