छुरा प्रहारबाट प्रधानध्यापकको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ असार २०७२, आईतवार १३:१८

refधनकुटा, १३ असार । छुरा प्रहारबाट धनकुटामा एकजनाको ज्यान गएकोे छ । खुवाफोक ९ का गजेन्द्र लिम्बुले छुरा हान्दा खुवाफोक गाविस वडा नं.९ मा रहेको पञ्चमी प्राथमिक विद्यालयका प्रधानाध्यापक नरेश लिम्बुको ज्यान गएको हो । लिम्बुले आइतबार बिहान ७ बजे चियापसलमा लिम्बुलाई छुरा प्रहार गरेका थिए । छुरा प्रहारपछि घाइते भएका लिम्बुको घट्नास्थलमै ज्यान गएको प्रहरीले बताएको छ । घरायसी झगडाका कारण लिम्बुले छुरा प्रहार गरेको हुन सक्ने प्रहरीले जनाएको छ । छुरा प्रहार गर्ने गजेन्द्र फरार भएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, जेष्ठ ८, २०८१