खेलकुद मन्त्री पुरुषोत्तमलाई एमालेले फिर्ता बोलायो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ असार २०७२, आईतवार १२:५१

काठमाडौं, १३ असार । राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिव नियुक्तिमा विवाद भएपछि खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई एमालेले फिर्ता बोलाएको छ । राखेपमा एमालेकै कार्यकर्ता केशव विष्टलाई नियुक्त गरेपछि पौडेल विवादमा तानिएका थिए । विष्टको नियुक्तिलाई लिएर असन्तुष्ट रहेका अध्यक्ष केपी ओलीले यसअघि नै उनलाई फिर्ता बोलाउने संकेत दिइसकेका थिए । एमालेले राखेपको सदस्य सचिव नियुक्तिपछि शुक्रबारै मन्त्रीबाट राजीनामा दिन निर्देशन दिएको थियो । पार्टीको निर्देशनपछि पौडेलले राजीनामाका लागि केही दिनको समय मागेका थिए । एमालेले निर्देशन दिएको दुई दिनपछि मन्त्री पौडेल आइतबार मध्यान्ह राजीनामा बुझाउन प्रधानमन्त्री निवास बालुवाटार जाँदैछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१