८० वटा मस्जिद बन्द हुने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ असार २०७२, आईतवार ११:०१

एजेन्सी । हिंसा भड्काएको आरोपमा ट्युनिसियाका करिब ८० वटा मस्जिद बन्द हुने भएका छन । सुस शहरको समुन्द्री तटमा गोली प्रहारबाट ३९ जनाको मत्यु भएपछि प्रधानमन्त्री हविव इसिडले यस्तो बताउनुभएको हो । समुन्द्री किनारमा हिजो २ व्यक्तिले अन्धधुन्द फाइरिङ गर्दा अन्य ३६ भन्दा बढी घाइते भएका थिए । मारिनेमा धेरैजसो पर्यटक थिए ।
राज्यको नियन्त्रण भन्दा बाहिर गएर सञ्चालित मस्जिदहरुले विष फैलाउने काम गरिरहेको भन्दै प्रधानमन्त्री इसिडले एक हप्ताभित्र मस्जिद बन्द गरिने बताउनुभयो । गोली प्रहार गर्ने व्यक्ति एक जना मारिएको त्यहाका अधिकारीले बताएका छन । अर्का एकको खोजी भइरहेको छ । यसअघि गत मार्चमा राजधानी ट्युनिसको एक संग्राहलयमा विद्रोहीको आक्रमणबाट २२ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१