हेटौडा, १३ असार । मकवानपुरको भार्ता गा.वि.स.वडा नं.८ कामीडाँडामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । वर्षासँगै परेको चट्याङले आफ्नै घरमा बसिरहेको अवसथामा ४० वर्षीया बुद्धि बहादुर चेपाङको चट्याङ लागि घटनास्थलमा नै मृत्यु भएको हो । चट्याङ लागेर चेपाङकी श्रीमती ३५ वर्षीया माईली माया चेपाङ घाईते भएकी छिन् । उनको उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र मनहरी ल्याइएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
यसैबीच मकवानपुर हेटौडा उप–महानगपालिका वडा नं।२८ का बस्ने राजु थोकरको छोरी वर्ष ११ की सुष्मा थोकरको खोलाले बगाएर ज्यान गएको छ । जगंलमा च्याउ टिपी घर फर्कने क्रममा डाङडुङे खोलाले बगाउँदा ज्यान गएको छ । थोकरलाई खोलाले बगाएर घाइते भएकी उनको उपचारका लागि अस्पताल लैजादै गर्दा ज्यान गएको हो ।
प्रतिक्रिया