गुगलले विश्वभर निःशुल्क वाईफाई दिने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ असार २०७२, आईतवार १०:४१

काठमाडौं, १३ असार । इन्टरनेटको बादशाह मानिने गुगलले विश्वभरका मुख्य सहरमा निःशुल्क वाईफाई सेवा उपलब्ध गराउने योजना अगाडि सारेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत ल्यारी पोजले यो योजनाबाट सहरी बासिन्दाको जीवन, व्यापार तथा सरकारी कामकाजमा सुधार आउने विश्वास व्यक्त गरेका छन् । न्युयोर्क सहरबाट यो सेवा सुरु हुने जानकारी उनले दिएका छन् ।

wifiगुगलले वाईफाई मात्र नभएर १० हजार फोन बुथबाट निःशुल्कै अन्तरदेशीय कल सुविधा पनि दिने भएको छ । यसको परीक्षण पनि न्युयोर्कबाटै हुनेछ । न्युर्योकस्थित बिक एप्पलको पुरानो फोन बुथ प्रयोग गरी परीक्षण थालिने भएको छ । सहरमा पुराना टेलिफोन बक्सलाई वाईफाई हबमा परिणत गरिने गुगलले जनाएको छ ।
कारोबार दैनिकबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१