प्राविधिकतर्फको एसएलसी परीक्षाको नतिजा आज आउँदैं

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ असार २०७२, आईतवार १०:३७

काठमाडौं, १३ असार । प्राविधिकतर्फको एसएलसी परीक्षाको नतिजा आइतबार सार्वजनिक हुने भएको छ । नतिजा सार्वजनिक गर्न आवश्यक गृहकार्य भैरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । प्राविधिकतर्फको एलसएलसीको नतिजा ग्रेडिङ प्रणालीअन्तर्गत प्रकाशित हुनेछ ।
slxपरीक्षामा ९० देखि १०० प्रतिशत ल्याउनेलाई ए प्लस, ८० देखि ८९ प्रतिशत ल्याउनेलाई ए, ६० देखि ७९ प्रतिशत ल्याउनेलाई बी, ४० देखि ५९ प्रतिशत ल्याउनेलाई सी, २५ देखि ३९ प्रतिशत ल्याउनेलाई डी र २५ भन्दा कम प्रतिशत ल्याउनेलाई ई श्रेणीमा वर्गीकरण गरिने कार्यालयले जनाएको छ । प्राविधिक एसएलसीतर्फ देशभरका ९९ सामुदायिक विद्यालयका ३ हजार २ सय ८८ विद्यार्थीले परीक्षा दिएका छन् । प्राविधिक बाहेकको एसएसलीको नतिजा गएको ४ गते प्रकाशित भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, जेष्ठ ८, २०८१