क्षेत्रीय ब्याडमिन्टनको उपाधी बागलुङ र कास्कीलाई

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ असार २०७२, आईतवार १०:३२

नारायण रिजाल
बागलुङमा सम्पन्न भएको दोस्रो पश्चिमाञ्चल क्षेत्रीय व्याडमिन्टन महोत्सवको उपाधी बागलुङ र कास्कीले हात पारेका छन । प्रतियोगितामा मेन्स डवलतर्फ कास्कीका शम्भु श्रेष्ठ र बिशाल खड्काको टिमले बागलुङका राजिन खड्का र विवके जिसीलाइ पराजित गर्दै प्रथम भएका थिए ।् यस्तै मेन्स सिंगलतर्फ कास्कीका भुगोल गुरुङले कास्कीकै विशाल खड्कालाई पराजित गर्दै प्रथम भएका थिए । यसैगरी भेट्रान्स डवलतर्फ बागलुङका निर्माणकुमार श्रेष्ठ र राजेन्द्र शाक्यको जोडीले रुपन्देहीका ध्रुवविक्रम शाह र गोपाल टन्टनको जोडीलाई पराजित गरी विजयी भएका थिए । पश्चिमाञ्चलका ९ जिल्लाका खेलाडीहरुको सहभागिता रहेको उक्त महोत्सवमा मेन्स डबल, मेन्स सिंगल र भेट्रान्स अन्तरगतका खेलहरु मध्य दुई उपाधी कास्की र एक उपाधी बागलुङले हात पारेका जिल्ला व्याडमिन्टन संघका अध्यक्ष राजिन शाक्यले जानकारी दिनुभयो ।
जिल्ला ब्याडमिन्टर संघको आयोजनामा आयोजित प्रतियोगितामा मेन्स डवल तर्फ बिजेता टोलीलाई नगद ३० हजार, द्धितिय हुनेलाई २० हजार र तृतिय हुनेलाई १०÷१० हजार प्रदान गरिएको छ । यसैगरी भेट्रान्स र मेन्स सिङ्गलतर्फ प्रथम द्धितिय र तृतिय क्रमशः नगद २० हजार, १० हजार र ५÷५ हजार प्रदान गरिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१