जेष्ठ नागरीक सम्मान कार्यक्रम सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ असार २०७२, आईतवार १०:२६

एस.पी.गौरब
सर्लाही, १३ असार । जेष्ठ नागरीक हाम्रा नीधि हुन उहाँहरुलाई सम्मान गरौँ भन्ने मुल नाराका साथ नेपाल सरकार महिला तथा वाल वालीका कार्यलय सर्लाहीको सहयोग तथा जागरण अभियान नेपाल लालबन्दीको आयोजनामा लालबन्दी नगरपालीकाको सभा हलमा जेष्ठ नागरीक सम्मान कार्यक्रम सम्पन्न भएको छ । जागरण अभियान नेपाल लाबन्दीका अध्यक्ष प्रशान्त आचार्यले सभापतित्व गर्नु भएको कार्यक्रमको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मेधनाथ काफ्लेले प्मुख अतिथ्यता जनाउनु भएको थियो ।जेष्ठ नागरीक सम्मान कार्यक्रममा सार्लहीका स्थानीय विकास अधिकारी रामप्रसाद वाग्ले,सर्लाहीका प्रहरी उपरिक्षक केदार ढकाल,सशस्त्र प्रहरीका उपरिक्षक सुवर्ण थापा मगर, महिला तथा वाल वालीका कार्यलय सर्लाहीका कार्यलय प्रमुख अम्बिका पौड्याल, जिल्ला वन कार्यलय सर्लाहीका कार्यलय प्रमुख केदारनाथ दाहाल तथा नेपाल पत्रकार महा संघ सर्लाहीका अध्यक्ष अमन कोईरालाले विशेष अतिथ्यता जनाउनु भएको थियो ।
त्यसै गरि उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष नवरा मिश्र,लालबन्दी नगरपालीकाका कार्यकारी अधिकृत प्रकास काफ्ले,हरिवन नगरपालीकाका कार्यकारी अधिकृत होम बहादुर थापा।ईश्वरपुर नगरपालीकाका कार्यकारी अधिकृत हेम राज फुयाँल नगरपालीका भित्रका विभिन्न राज नैतिक दलका प्रमुख तथा प्रतिनीधिहरु,नेपाल आदिवासी जनजाति महा संघका नगर प्रमुख तथा प्रतिनीधी,अन्र्त पार्टी महिला सञ्जालका प्रमुख तथा प्रतिनीधी, ईलाका प्रहरी कार्यलय लालबन्दीका प्रहरी निरीक्षक जितेन्द्र वस्नेत साकार मिडीया सेन्टरका सम्पादक तथा नगर स्तरीय पत्रकार सञ्जालका अध्यक्ष कृष्ण थपलीया लगायत नगरपालीका भित्रका विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनीधीहरुले अतिथ्यता जानउनु भएको थियो ।

कार्यक्रममा १११ वर्षीय सावीत्री तिमल्सेना र अर्का बासु देव कोईराला लगातय करिब ९० जना जेष्ठ नागरीकलाई सम्मान पत्रको साथै दोसल्ला ओढाएर सम्मान गरिएको होे । कार्यक्रमका प्रमुख अतिथी तथा प्रमुख जिल्ला अधिकारी काफ्लेले अन्य विषयमा युगले प्रतिस्पर्दा गरेको भए पनि जेष्ट नागरिकलाई सम्मान गर्ने सम्बन्धमा प्रतिस्पर्दा गर्न नसकेको प्रति गुनासो व्यक्त गर्नू भयो । प्रत्येक दिन २५०० देखि ३००० जनाको हाराहारीमा युवा जनशक्ति विदेश पलाएन हुनु परेको कारण गाउँ घरमा रहेका महिला,वालवालीका तथा बृद्ध बृद्धाहरुलाई हेरचाह गर्ने मान्छे समेतको अभाव हुन थालेको उहाँले वताउनु भयो । उहाँले सरकारले बृद्धबृद्धाको लागि भनेर दिएको सहयोग अपुग भएको बताउनु भयो । कार्यक्रमका वक्ताहरुले बृद्धबृद्धालाई सम्मान गर्न सके कुनै पनि डर, त्रास, रोग, शोक तथा चिन्ता नलाग्ने बताएका छन ।कार्यक्रममा विभिन्न स्थानबाट गरि करिब ४५० जनाको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१