देश कंगाल बनाउनेलाई छोड्दिन : मन्त्रि पण्डित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ असार २०७२, शनिबार २०:४८

काठमाडाैँ, १३  असार ।
सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बिगतदेखि अहिलेसम्म देशलाई कंगाल बनाउने शक्ति हाबि भएको र त्यसलाई समाप्त गर्न आफु लागिपरेको बताएका छन् ।DSC06074

मन्त्री पण्डितले शनिबार संवाद डबलीमा बोष्टर मिडियाले  गरेको अन्तरक्रिया कार्यक्रममा उक्त भनाई राखेका हुन । मन्त्रि पण्डितले “नेपाललाई विदेशी शक्तिहरुले ज्यन लगायर कमजोर पार्न लागेका छन् । म लगायत देश भक्तहरु पनि त्यसलाई पराष्त गरिरहेका छौँ । म बाँचुन्जेलसम्म देशका दुष्मन बिरुद्ध लडिरहने छु” मन्त्री पण्डितले भने । उक्त कार्यक्रममा नेपाल अमेरिका पर्यटन पत्रकार संघको टोलीलाई स्वगत तथा सम्मान गरिएको थियो । DSC06069मन्त्रि पण्डितले  नेपाल अमेरिका पर्यटन पत्रकार संघको नबगठित सदस्यहरुलाई प्रमाणपत्र समेत वितरण गर्नुभएको  थियो । सोही  कार्यक्रममा बोल्दै सभासद् जगदिश नरसिंह केसीले नेपाललाई कुनै दाताले नभएर नेपालीलेनै नयाँ बनाउनु पर्ने बताए । “के यो दाता सम्मेलनले सच्चिकै हाम्रो देशको समस्यालाई समाधानका निम्ति सघाउला त ?” हालै सम्पन्न दाता राष्ट्रसम्मेलन प्रति प्रश्न गर्दै उनले जिज्ञासा राखेका थिए । कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका सदस्य डा चन्द्रमणि अधिकारीले पुराना आयोजना र भुकम्पपछिको पुर्ननिर्माणका कामलाई संगसंगै लैजानुपर्ने बताए । उनले अब आउने बजेट ८ खर्व ४१ ऋर्बकोे हुने बताउँदै दाता सम्मेलन अघिनै १०६ अर्व रुपिंया भूकम्पपछिको पुर्ननिर्माणका लागि प्राथमिकतामा राखेर बजेटको आकार बनाइएको बताए । DSC06095पुराना आयोजना र नयाँ पुर्ननिर्माणका कार्यक्रमलाई संयोजन गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा पर्यटन ब्यबसायी तथा निटका अध्यक्ष दिपक महतले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतको न्यूक्तिको लागि निकै ठूलो षड्यन्त्र भइरहेकोप्रति चिन्ता ब्यक्त गरे । यस बोर्डको अबस्थाले पर्यटन क्षेत्रलाइनै लाजमर्दो भैसकेकोले यसको निकास अब पनि नखोजिने हो भने बोर्डको कुनै औचित्य नरहने प्रष्ट पारे । DSC06131

कार्यक्रममा नेपाल प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्की, , पर्यटन बोर्डका सदस्य  सचिव घनेन्द्र  श्रेष्ठ, पर्यटन ब्यबसायी खुम सुबेदी र हास्य कलाकार श्रीकृष्ण सिमखडाले आ-आफ्नो  धारणा राखेका थिए ।DSC06101 DSC06102 कार्यक्रमको अध्यक्ष मुकुन्द ढुंगानाले हामीले नगरे कसले अहिले नगरे कहिले भन्दै आफुबाटनै सुरुवात गरेर देखाउनु पर्ने बेलामा आरोप प्रत्यारोप नलगाई धैर्य रहेर सबैलाई काम गर्न आग्रह गरेका थिए । DSC06110

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१