कस्ता महिलाहरु सेक्सको आनन्द बढि उठाउने गर्छन्

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ असार २०७२, शनिबार ०६:२७

सेक्स भनेको अहिलेको जमानामा सामान्य रुपमा लिने गरिन्छ । यदि कुनै २ जनाको मन मिल्छ भने तिनीहरुले सेक्स गर्नु सामान्य भैसकेको छ । महिलाहरुको सेक्स लाइफको विषयमा एउटा ताजा सोधले निकै ठूलो खुलासा गरेको छ । एक नयाँ अध्ययनले कस्तो प्रकारका महिलाहरु सेक्समा अगाडि हुन्छन् र कस्ता महिलाहरु सेक्सको आनन्द बढि उठाउने गर्छन् भन्ने खुलासा गरेको छ । अध्ययनका अनुसार जो महिला धेरै सुत्ने गर्दछन् उनीहरुले धेरै सेक्स गर्ने गर्दछन् । यस नयाँ अनुसन्धानले एक घण्टा अतिरिक्त सुत्ने महिलाहरुमा अर्को दिन सेक्सको चाहनामा १४ प्रतिशतसम्म बढ्ने बताएको छ । मिचिगन विश्वविद्यालयका अनुसन्धानकर्ताहरुद्वारा गरिएको् यो सोधमा १७१ युवा महिलाहरुको सुत्ने र सेक्सको नमुनामाथि दुईहप्तासम्म लगातार अनुसन्धान गरियो । अनुसन्धानले महिलाहरुद्वारा लिइएको मिठो र धेरै निन्द्राले उनीहरुमा सेक्सको इच्छा बढाउने मात्र नभई यसको भरपूर आनन्द पनि उठाउने बताएको छ । मिठो निन्द्राले उनीहरुको शरिरलाई स्फुर्त बनाउनुका साथै मूडलाई ताजा बनाइराख्छ जसको सम्बन्ध उनीहरुको सेक्सको इच्छासँग पनि हुने उक्त अनुसन्धानले बताएको छ । उक्त सोधले ७ घण्टा २२ मिनेटको औसत निन्द्राभन्दा बढि सुत्ने महिलाहरुमा सेक्सको इच्छा बढि हुने बताएको छ । सेक्स गर्नु कुनै गलत काम हैन । सेक्सले मन संतुस्ती गराउछ भने स्वास्थ्यलाई पनि राम्रो गर्छ ।
स्रोत : रातो पाटि

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१