बैठक भत्तालगायत अन्य खर्च कटौती गर्न सभासद्को माग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ असार २०७२, शुक्रबार १६:२८

काठमाडौँ, ११ असार । भूकम्पका कारण देशले भोग्नुपरेको विपत्तिका बेला बैठक भत्तालगायत अन्य खर्च कटौती गर्न सभासद् श्यामप्रसाद ढकालले प्रस्ताव गरेका छन्। व्यवस्थापिका–संसद् राज्य व्यवस्था समितिको शुक्रबारको बैठकमा सभासद ढकालले पाँच वर्षसम्मका लागि सभासद्हरूको भत्ता कटौती गर्न प्रस्ताव गरेका हुन्। उनले यस अवधिमा सरकारी खर्चमा विदेश भ्रमण नगर्न र बिहान बैठक बोलाएपछि प्रतिव्यक्ति दैनिक खर्च हुने रु ५०० बराबरको खाना खर्च नियन्त्रण गरी दिउँसो बैठक बोलाउन र बैठकमा चिया–बिस्कुटको व्यवस्था गर्न पनि माग गरे। रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१