अदालतमा खुलेआम घूस, भिडियो टेप फेला

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ जेष्ठ २०७१, सोमबार ११:२४

ललितपुर, १२ जेठ ।  पाटन जिल्ला अदालतका नायब सुब्बा सुबोधसिंह खड्काले सेवाग्राहीसँग पैसा लिएको प्रमाण भेटिएको छ । खड्काले कार्यालय समयमै सेवाग्राहीबाट पैसा बुझेको देखिने भिडियो टेप नै फेला परेको हो । त्यसमा खड्काले तारिख लिन र कागजहरूको नक्कल उतार्नेलगायत काममा आएका सेवाग्राहीसँग पैसा लिएको देख्न सकिन्छ । करिब १२ सेकेन्डको टेपमा खड्काले सेवाग्राहीसँग पैसा लिई खल्तीमा हालेको देखिन्छ ।punaravedan-adalat1

गत जेठ ७ गते भिडियोमा कैद हुनुअघि खड्काले ४ जनासँग १ हजारदेखि १ हजार ५ सय रुपैयाँ लिएर खल्तीमा हालेका थिए । एक प्रहरी अधिकृतले उनले पैसा लिएको दृश्य खिचेका हुन् । खड्काले पैसा लिएको स्वीकारे । ‘मुद्दा जितेका व्यक्तिहरूले खुसी भएर खाजा खानुहोस् भन्दै पैसा दिएका हुन्,’ उनले दाबी गरे । न्यायालयमा उपहार, खाजा खर्च भनेर दिइने रकम लिन पाइँदैन । पाटन जिल्ला अदालतभित्र कर्मचारीले सेवाग्राहीसँग पैसा उठाउने गरेको गुनासो बढेकाले अनुसन्धान भइरहेको न्यायाधीश टंकनारायण कुँवरले बताए । ‘हामीले सेवाग्राहीसँग पैसा लिने कर्मचारी खोजी गरिरहेका थियौं, नाम नै थाहा पाएपछि तत्काल कारबाही छौं,’ उनले भने । कानुनबमोजिम मात्र दस्तुर तिर्न घन्टाघन्टामा माइकबाट सूचना दिँदासमेत कर्मचारीले सेवाग्राहीसँग पैसा लिँदा न्यायालयको गरिमामा असर परेको कुँवरले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१