एएफसी च्याम्पियनसिप छनौटको खेल तालिका सार्वजनिक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ असार २०७२, शुक्रबार १५:५९

एसियाली फुटबल महासंघले १६ वर्षमुनिको एएफसी च्याम्पियनसिप छनौट र १९ वर्षमुनिको एएफसी च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ । यस्तै १९ वर्षमुनिको छनौट खेलमा समूह ईमा परेको नेपालले उद्घाटन खेलमा आयोजक इरानसँग असोज १५ गते खेल्नेछ ।
त्यस्तै नेपालले कुवेतसँग असोज १७ तथा जोर्डन सँग असोज १९ मा खेल्नेछ । छनोट खेलमा एएफसीका ४३ वटा सदस्य राष्ट्रलाई १० वटा समूहमा विभाजन गरिएको छ । छनोट चरणका १० बिजेता टोली र दोस्रो स्थानका ५ वटा उत्कृष्ट टोली तथा आयोजक बहराइन गरी १६ टिमले १९ वर्ष मुनिको एएफसी च्याम्पियनसिप खेल्न पाउनेछन् ।
16१६ वर्षमुनिको एएफसी च्याम्पियनसिप छनोटमा समूह बीमा परेको नेपालले पहिलो खेल भदौ ३० गते जोर्डनसँग खेल्नेछ । त्यस्तै असोज १ गते आयोजक किर्गिस्तान र ३ गते ओमनसँग खेल्ने छ । ४३ देशले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा उत्कृष्ट १६ टोलीले फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन् । ११ वटा समूहका विजेता र ५ वटा उत्कृष्ट उपविजेताले भारतमा हुने १६ वर्ष मुनिको एएफसी च्याम्पियनसिप खेल्न पाउने छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१