धुन्चे गाविसका भूकम्पपीडितलाई जस्तापाता

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ असार २०७२, शुक्रबार १४:३४

रसुवा, ११ असार । रसुवा जिल्लाका भूकम्पपीडितलाई बर्खे बसोबासको व्यवस्थापन गर्न दाताहरुबाट जस्तापाता वितरण कार्य तीव्ररुपमा अगाडि बढेको छ । धुन्चे गाविसका अनुसार गोल इन्टरनेसनल नेपाल नामक गैरसरकारी संस्थाले जस्ता वितरण कार्य सुरु गरेको र आज बिहानसम्म धुन्चेवासीमाझ १४१ घरपरिवारलाई जस्ता वितरण गरेको बताइएको छ । यसअघि, गाविसका वडा नं १ देखि ४ सम्मका ठाडे, बोकेझुन्डा, भीमली क्षेत्रमा वितरण गरी सकिएको र १० फुटे २६ गेजको जस्ता दुई बन्डलका दरले प्राप्त भएको गाउँवासीले बताएका छन् ।

jastapataपहिलो चरणमा ४२ वटा विद्यालय र एक स्वास्थ्य चौकीलाई टेन्ट र ग्रामीण क्षेत्रमा म्याट र पातलो ओड्ने कम्बल वितरण गरेको बताइएको छ । गत वैशाख १६ गतेदेखि जिल्ला दैवी प्रकोप र सर्वदलीय संयन्त्रको निर्देशन र समन्वयमा राहत सामग्री वितरण गर्दै आएको संस्थाका राहत वितरण संयोजक झम्पा छिरिङ लामाले दैवी प्रकोप समितिले तोकेका अन्य गाविसमा पनि कार्यथलो बनाई अगाडि बढ्ने बताए । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१