चितवनलाई जिल्लाकै सुविधायुक्त सूचना केन्द्र बनाउने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ असार २०७२, शुक्रबार १२:२७

चितवन, ११ असार । तीन वर्षे कार्ययोजनाअनुसार जिल्लाकै सुविधायुक्त सूचना केन्द्र बनाउने घोषणा गरेको पत्रकार महासङ्घ चितवन शाखालाई आर्थिक अभाव भएको छ। भवनको बाँकी निर्माण कार्य सुरु गरेको महासङ्घले आर्थिक अभाव भएको भन्दै सहयोगका लागि विभिन्न सङ्घसंस्थासँग आग्रह गरेको छ । महासङ्घका अध्यक्ष हरि पोखरेलले भवन पूर्ण गरेर सुविधायुक्त सूचना केन्द्र बनाउन ३७ लाख लाग्ने भएकाले आर्थिक अभाव भएको बताए। “सहयोगी सङ्घसंस्थालाई म आग्रह गर्न चाहन्छु, जिल्लाकै नमुना सूचना केन्द्रका रुपमा विकास गर्न लागिएकाले सहयोग गर्नुहोस्” – अध्यक्ष पोखरेलले भने।

interउक्त कामका लागि गत बर्ष तिहारमा महासङ्घले एक महिनासम्म देउसी भैलो खेलेर करिब रु छ लाख रकम उठाएको थियो । केही सङ्घसंस्थाले सहयोगको वचन दिए पनि अझै २५÷३० लाख रकमको अभाव भएको अध्यक्ष पोख्रेलले बताए। महासङ्घले अघिल्लो वर्ष त्रिवर्षीय कार्ययोजना तयार पारेर रचनात्मक क्रियाकलाप थालेको छ । त्रैमासिक पत्रिकासमेत निकाल्न थालेको महासङ्घले देउसी भैलोबाट उठेको रकमबाट हाल मिडिया सेन्टरको प्रारम्भिक काम थाले पनि अधुरो हुने भएकाले सहयोगको अपिल गरिएको हो । सुविधायुक्त पुस्तकालयका लागि महासङ्घले ‘एक व्यक्ति एक पुस्तक’ अभियानसमेत सुरु गरिसकेको छ । यसअघि उक्त भवनमा नेपाल पत्रकार महासङ्घ चितवनले करिब २५ लाख लगानी गरिसकेको महासङ्घले जनाएको छ । विसं २०६१ माघ ९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले भवनको शिलान्यास गरेका थिए।  गत २०५९ सालमा जिविस चितवनले महासङ्घका लागि जग्गा उपलब्ध गराएको हो । महासङ्घले आर्थिक सङ्कलनका लागि २०६२ सालमा ‘सुखदुःख’ फिल्मको च्यारिटी शोेबाट एक लाख आर्थिक सङ्कलन गरेको थियो ।  यस्तै, नेकपा एमाले नेता माधवकुमार नेपाल नेतृत्वको सरकारले रु तीन लाख रकम विनियोजन गरेको थियो भने विभिन्न सङ्घसंस्थाबाट १२ लाख रकम सङ्कलन गरेर भवन निर्माणको काम सुरु भएको थियो । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१