संसारको सबैभन्दा ठूलो डुंगा बन्यो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ असार २०७२, शुक्रबार १२:२४

seaसंसारमा अज्जाम नाम दिइएको डुंगा छ जसको लम्बाइ ५९० फिट (१८० मिटर ) रहेको छ। सन् २०१३ को अप्रिलमा यसलाई यूएईका राष्ट्रपति खालीफा अल नाहयानले किनेको बताइएको छ। यसलाई संसारको सबैभन्दा ठूलो व्यक्तिगत डुंगा मानिएको छ। यो कुनै क्रुज जाहजभन्दा ठूलो छ। संसारको दोस्रो ठूलो डुंगा इक्लिप्स् हो, जसका जसको लम्बाइ ५३८ फिट रहेको छ। अजाम डुंगा ३ वर्ष लगाएर बनाइएको हो। सन् २०१० मा यसको निर्माण कार्य समाप्त भएको हो। यसलाई लर्सन याट कम्पनीले निर्माण गरेको हो भने यसको बाहिरी डिजाइन नौटा याट कम्पनीले र भित्री डिजाइन क्रिस्टोफि लियोनी नामका फ्रेन्ज डिजाइनरले गरेका हुन्। यो अज्जाम डुंगा ३० नट प्रतिघण्टाको अर्थात् करिब ३५ मील प्रतिघण्टाका दरले चल्छ। यो तिव्र गतिमा चल्ने सुपरयाट मध्येमा पर्छ। यसलाई बनाउन ६०५ मिलियन अमेरिकन डलर लागेको बताइएको छ। डिजेल र ग्यास टरबाइनबाट चल्ने दुईवटा इन्जिन भएको यो डुंगाको प्रत्येक इन्जिनले २३५०० बीएचपीको शक्ति दिने पनि बताइएको छ। एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१