भारत ,१२ जेठ । भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले सोमबार प्रधानमन्त्रीको सपथ लिंदै हुनुहुन्छ ।
लोकसभा चुनावमा भारतीय जनता पार्टीको ऐतिहासिक जितसंगै ६३ वर्षिय मोदीले भारतको १५ औं प्रधानमन्त्रीका रुपमा सपथ लिन लाग्नुभएको हो ।
राष्ट्रपति भवनमा बेलुका सवा ६ बजे मोदीले सानो आकारको मन्त्रिमण्डल सहित सपथ ग्रहण गर्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सपथ ग्रहणअघि मोदीले सोमबार बिहान राजघाटमा पुगेर राष्ट्रपिता महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
मोदीको सपथ ग्रहण कार्यक्रममा सार्क देशका राष्ट्राध्यक्ष सहित झण्डै चार हजार अतिथि सहभागी हुने छन् । प्रधानमन्त्री र अतिथिको सुरक्षालाई ध्यानमा राख्दै दिल्ली पुलिसले जल, स्थल र हवाई सुरक्षा कडा बनाएको छ । जसका लागि ६ हजार भन्दा बढी प्रहरीलाई समारोहस्थल र आसपासको सुरक्षामा खटाइएको छ ।
प्रतिक्रिया