सुत्केरी बहिनीलाई दाजुले गरे बलात्कार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ असार २०७२, शुक्रबार १०:४६

बाँकेको चिसापानीमा दाजुले आफ्नै सुत्केरी बहिनी बलात्कार गरेका छन् । सुत्केरीपछि माइत आएकी बहिनी बलात्कार गरेको आरोपमा चिसापानी–५ का २२ वर्षीय पदमबहादुर सुनार पक्राउ परेका हुन् । सुनारले बुधबार राति सुनारले बुधबार राति बहिनीमाथि बलात्कार गरेका थिए ।स्थानीयको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरले सुनारलाई पक्रेको छ ।
प्रहरीका अनुसार एक महिनाअघि सुत्केरी भएकी बहिनीलदाई सुनारले मदिरा सेवन गरी बलात्कार गरेका थिए । प्रहरी नायब उपरीक्षक जनबकहादुर शाहीले सुनारविरुद्ध हाडनाता र जबर्जस्ती करणीअन्तर्गत मुद्धा दर्ता गरिएको बताए ।मेडिकल कलेज कोहलपुरमा गरिएको स्वास्थ्य परीक्षणबाट महिला बलात्कृत भएको पुष्टि भएको छ । उनको स्वास्थ्यमा सामान्य समस्या देखिएको चिकित्सकले बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१