एसएलसीमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई अनेरास्ववियुले सम्मान गर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ असार २०७२, शुक्रबार १०:३८

बुटवल, ११ असार । प्रवेशिका परीक्षामा उत्तीर्ण रुपन्देहीका विशिष्ट विद्यार्थीहरुलाई अनेरास्ववियुले सम्मान गर्ने भएको छ । अनेरास्ववियु रुपन्देहीले शुक्रबार एक समारोहका बीच विशिष्ट श्रेणीमा उत्तीर्ण विद्यार्थीहरु र सतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउन सफल विद्यालयहरुलाई बुटवलमा सम्मान गर्न लागेको हो । सम्मान कार्यक्रमका लागि एमालेका महासचिव ईश्वर पोखरेल र उप–महासचिव तथा सभासद् बिष्णुप्रसाद पौडेल, अनेरास्ववियुका अध्यक्ष किशोरविक्रम मल्ललगायतका नेताहरुलाई निमन्त्रणा गरिएको अनेरास्ववियु रुपन्देहीका प्रचार विभाग प्रमुख बालकृष्ण पाण्डेले जानकारी दिए । सम्मान कार्यक्रममा सहभागी हुन अनेरास्ववियुले उत्कृष्ट विद्यार्थी र शतप्रतिशत नतिजा ल्याउने सबै विद्यालयलाई निमन्त्रणा गरेको छ ।
अनेरास्ववियु जिल्ला कमिटीले आयोजना गरेको एस।एल।सी। परीक्षामा विशिष्ट श्रेणीमा उत्तिर्ण विद्यार्थीहरु र सतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउन सफल विद्यालयहरुलाई हरेक वर्ष सम्मान गर्दै आएको छ । कार्यक्रम रुपन्देही ब्यापार संघको सभाहल शुक्रबार बिहान ११ बजेदेखि हुने भएको छ । रुपन्देहीबाट विशिष्ट श्रेणीमा उत्तीर्ण १ हजार १ सय ८८ जना विद्यार्थी रहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१