पेरु कोपा अमेरिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ असार २०७२, शुक्रबार १०:३२

aruबोलिभियालाई हराउँदै पेरु कोपा अमेरिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चिलीमा जारी प्रतियोगिताअन्तर्गत शुक्रबार बिहान सम्पन्न क्वार्टरफाइनल खेलमा पेरुले बोलिभियालाई ३–१ ले हरायो । खेलमा पेरुलाई विजयी गराउन होजे पाउलो गुरेरोले ह्याट्रिक गरे ।
बोलिभियाका मार्सेलो मोरेनोले पेनाल्टीमार्फत् एक सान्त्वना गोल फर्काए । जितसँगै पेरुले आयोजक चिलीविरुद्धको सेमिफाइनल भिडन्त तय गरेको छ । प्रतियोगिताको तेस्रो क्वार्टरफाइलन खेलमा शनिबार बिहान अर्जेन्टिना र कोलम्बिया भिड्नेछन् भने अन्तिम क्वार्टरफाइनल खेल आइतबार बिहान ब्राजिल र पाराग्वेबीच हुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१