‘आइएस’द्धारा सिरियामा १२ जनाको शीर छेदन गरी हत्या

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ असार २०७२, शुक्रबार १०:३०

isइस्लामिक आतंकवादी समूह ‘आइएस’ले सिरियामा १२ जनाको शीर छेदन गरी हत्या गरेको भिडियो सार्वजनिक गरेको छ । इस्लामिक चरमपन्थी संगठनको विरोधी रहेको आरोपमा उनीहरुको शीर छेदन गरिएको आइएसले जनाएको छ । शीर छेदन गरिएकाहरु अधिकांश साउदी अरब समर्थित जैस अल इस्लामका सदस्य रहेको खुलासा भएको छ । हालै जारी गरिएको भिडियोमा १२ जना रंगीबिरंगी कपडामा देखिएका छन् । आइएसले जारी गरेको भिडियोका कारण सिरियाका जेहादी संगठनबीचमा संघर्ष हुने निश्चित रहेको सिरियाली सरकारले जनाएको छ । यसअभि आइएसले १६ जनाको शीर छेदन गरेको भिडियो सार्वजनिक गरेको थियो । सिरियामा अझै पनि सयौं नागरिक आइएसको कब्जामा छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१