ग्रीसको आर्थिक संकटबारे अन्तर्राष्ट्रिय दातृ निकायसंग पुनः छलफल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ असार २०७२, शुक्रबार १०:२८

grissएजेन्सी । ग्रीसको आर्थिक संकट सामाधानका लागि प्रधानमन्त्री एलेक्सिस सिप्रस र अन्तर्राष्ट्रिय दातृ निकायबीच पुनः छलफल हुदैछ । मुलुकको कर्जा समस्या समाधानका लागि ग्रीसका प्रधानमन्त्री सिप्रसले युरोपियन आयोग, युरोपियन केन्द्रिय बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषसंग गएराती गरेको छलफल बिना निष्कर्श टुङ्गिएको थियो । दाताहरुले प्रधानमन्त्रीको आर्थिक सुधारको प्रस्ताव अव्यवहारिक भएको बताएका थिए । ग्रिसले आगामी मंगलबारसम्म अन्तर्राष्ट्रिय मुद्रा कोषको ऋण चुक्ता नगरे युरोजोन राष्ट्र्रबाट अलग्गिने पक्का भइ सकेको छ । युरोग्रुपका अध्यक्ष जेरोन डिस्सेब्लोएमले अझै पनि सम्झौता भइ नसकेको भन्दै छलफल जारी रहेको बताउनुभएको छ । ग्रीसको चुलिएको आर्थिक संकटका विषयमा छलफल गर्न ब्रसेल्समा युरोपियन संघ आबद्ध राष्ट्रको सम्मेलन डाकिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१